कामना सेवा विकास बैंकले मुख्य शाखा कार्यालय ज्ञानेश्वर काठमाडौंमा मोबाइल बैकिङमार्फत स्मार्ट टेलर सुविधा सञ्चालनमा ल्याएको छ।
बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोबाइल बैकिङको क्युआर कोडमार्फत चेकबुक र एटीएम कार्डविना नै निकाल्न सक्ने बैंकले जनाएका छन्।
बैंकले देशका विभिन्न भागहरुमा ९१ वटा शाखा तथा ४४ वटा एटीएममार्फत एबीबीएस, एसएमएस बैंकिंग, मोबाइल बैंकिंग, सी आस्बा लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ।

प्रतिक्रिया