आईएमई पे ले ‘रु १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ।
जेठ १० देखि १७ सम्म संचालन हुने यस अफरमा आईएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने कम्पनीले जनाएको छ।
प्रयोगकर्ताहरुले यो खेल आईएमई पे एप को होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गइ खेल्न सक्नेछन्। यस एक हप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक रु. १ तिरी सो खेल खेल्न सक्ने छन्।
अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ। साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी पनि कम्पनीले गरेको छ।
15
Shares
प्रतिक्रिया