कारोबार


ओलीको टिप्पणी : सरकारले राजश्व उठाउन सकेन, तलब र पेन्सन नदिने अवस्थामा पुगिसके छ

ओलीको टिप्पणी : सरकारले राजश्व उठाउन सकेन, तलब र पेन्सन नदिने अवस्थामा पुगिसके छ

संसदमा सम्बोधनका क्रममा केपी शर्मा ओली। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ७, २०८० आइतबार १२:२९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रुपमा बढेको दाबी गरेका छन्। 

आइतबार सरकारले संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले उक्त दाबी गरेका हुन्। 

मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अश्वाभाविक गतिविधि बढ्दा पनि सरकारले त्यस अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिरसमेत अध्यक्ष ओलीले गरे। 

उनले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायत अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्‍याए। 

‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्नेहो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ। अविश्वास बढेको छ। जनतामा निराशा छ। सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरु बढ्दा छन्’, उनले भने, ‘प्रमुख आर्थिक परिसूचकांकले अर्थतन्त्र संकटापन्न भइसकेको देखाएका छन्। सरकार राजस्व उठाउन असफल भइसकेको छ। राजस्वले चालु खर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ।’

ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्तिसमेत जनाए। 

उनी अहिले पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्नो धारणा राखिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .