ad ad

कारोबार


मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंक दर घटाइयो, अब ब्याज दर पनि घट्ने (पूर्णपाठ)

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंक दर घटाइयो, अब ब्याज दर पनि घट्ने (पूर्णपाठ)

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार १३:३, काठमाडौँ

नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै नीति लचकता अपनाएको छ। शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्दै बैंक दर घटाउने निर्णय गरिएको हो।

राष्ट्र बैंकले बैंकदर १ प्रतिशत बिन्दुले घटाएर ७.५ प्रतिशत कायम गरेको छ। यसअघि बैंकदर साढे ८ प्रतिशत थियो।

राष्ट्र बैंकले बैंक दरमा उपलब्ध हुँदै आएको दैनिक तरलता सुविधा ७ प्रतिशतमा सीमित गरेकाले अन्तरबैंक ब्याजदर १.५ प्रतिशत बिन्दुले घट्न पुगेको छ। 

बैंक तथा वित्तीय संस्थाहरूलाई सहुलियत दिने क्रममा राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सिडी रेसियो) गणना गर्दा ऋणपत्रलाई स्रोतको प्रयोग गर्न पाउने सुविधा बढाएर २०८० पुससम्म पुर्‍याएको छ।

सिडी रेसियो सुविधा ६ महिना थप गर्दा बैंकहरुलाई सहजीकरण गर्ने हुने देखिएको छ। 

राष्ट्र बैंकले पछिल्ला दुई त्रैमाशमा लगातार ऋणात्मक भएका क्षेत्रका ऋणीहरूलाई पुनर्कर्जा सुविधा दिने भएको छ। 
यसको विधि र क्षेत्र एकीकृत निर्देशनमा आउने छ।

राष्ट्र बैंकले आवश्यकता र औचित्यका आधारमा होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड ?पैयाँसम्मको कर्जालाई २०८० असारभित्र पुनसंरचना र पुर्नतालिकीकरण गर्ने सुविधा दिएको छ।

त्यसैगरी अल्पकालिन तथा चालूपुँजी प्रकृतिका कर्जाहरूलाई पनि ३ महिनासम्मको म्याद थप गर्ने सुविधा दिएको छ। 

सावाँ तथा ब्याज भुक्तानी गर्ने ३ महिनासम्मको अवधिमा थप शुल्क र हर्जना लिन पाइने छैन।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दा चालू निर्माण उद्योग थोक तथा खुद्रा गाडी तथा मोटरसाइकल क्षेत्र ऋणात्मक देखाएको छ।

पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .