पछिल्लो समय सेयरबजारमा न्यून कारोबार हुन थालेको छ। आज अर्थात् बिहीबार ५७ करोड रुपैयाँको मात्रै कारोबार भएको हो। आज २१ लाख कित्ता सेयर किनबेच भएको छ।
विगतमा हरेक दिन ३.४ अर्ब रुपैयाँको कारोबार हुने गरेपनि अहिले भने दैनिक कारोबार ५० करोड हाराहारीमा हुन थालेको छ।
आइतबार ६० करोड ४ लाख, सोमबार ८१ करोड ६९ लाख, मंगलबार ७१ करोड ३८ करोड ९१ लाखर बुधबार ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।
बिहीबार नेप्से ३.३४ अंकले घटेर १ हजार ८ सय ३८ दशमलव ५९ अंक कायम भएको छ।
बिहीबार सबैभन्दा धेरै कमाउनेमा आत्मनिर्भर लघुवित्त छ। जसको सेयर ३८ अंकले बढेको हो।
त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा फर्वाड माइक्रोफाइनान्स रहेको छ। जसको सेयर ७१ दशमलव १० अंकले घटेको हो।
18
Shares
प्रतिक्रिया