ad ad

कारोबार


राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल

राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल

नेपालखबर
पुस २४, २०७६ बिहिबार ११:३३,

साना तथा मझौला व्यवसायीहरुको संगठन राष्ट्रिय व्यापार संघको अध्यक्षमा कमल अग्रवाल चयन भएका छन्।

संघको १५ औं वार्षिक साधारण सभा तथा आठौं महाधिवेशनबाट अग्रवाल सहित १९ जना कार्यसमिति सर्वसम्मतले चयन भएको हो। नव नियुक्त अध्यक्ष अग्रवालले आफुले साना तथा मझौला व्यवसायीहरुको हितमा काम गर्ने बताए।

उनले सरकारले नीति निर्माण गर्दा ठुला उद्योगी तथा व्यवसायीहरुसँग रायसुझाव लिने तर आफुहरुलाई जानकारी नहुने अवस्थाको अन्त्य गर्न आफु लागिपर्ने समेत बताए। पछिल्लो समय मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयन गर्ने अवस्थामा पनि त्यस्तै समस्या आएको बताउँदै संघले व्यवसायीहरुको हितमा सरकारसँग समन्वय गरी काम गर्ने बताए।

२०६१ सालमा स्थापित भएको संघमा काठमाडौंको न्युरोड आसपासमा रहेका करिब ८ सय जना व्यवसायीहरु आवद्ध रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .