कारोबार


हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु

नेपालखबर
बैशाख ७, २०८० बिहिबार २१:१, काठमाडौँ

करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा आज बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ।

करिब छ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ।

उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी आजै बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिंकर उत्पादन पुनः सुरु गरिएको हेटौँडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए।

कर्णले करिब चार दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक–पटक प्राविधिक समस्या आएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यताले अब सिमेन्ट उत्पादन सञ्चालन गर्न कठिनाइ भोग्नुपर्ने भएको राससलाई बताए।

उनले अब उद्योगलाई नयाँ प्रविधिबाट दीर्घकालीनरूपमा क्षमताअनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाण्ज्यिमन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए।

अहिले उद्योगमा पर्याप्त चुनढुङ्गा र कोइला आपूर्ति भइरहेको उद्योगको उनले बताए। उनका अनुसार सिमेन्ट उद्योगको उत्पादन बन्द रहेको भए पनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र प्याकिङ गरिएको सिमेन्ट काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, भैरवालगायतको शहरहरुमा बिक्री वितरण नियमितरूपमा भइरहेको छ।

हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २२ देखि व्यावसायिक उत्पादन सुरु गरी सर्वसाधारण र विकासको आयोजनालाई आपूर्ति गर्दै आएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad