कारोबार


उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

नेपालखबर
बैशाख ४, २०८० सोमबार १९:३९, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी प्रवलजंग पाण्डेलाई ९ मतले पछि पार्दै कोषाध्यक्ष पद पक्का गरेका हुन्। 

महासंघको विधान अनुसार कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने व्यवस्था छ। जसमा कोषाध्यक्ष बन्नको लागि ४ जनाले उम्मेदवारी दिएका थिए।

चन्द्र ढकाल नेतृत्वको कार्यसमिति सदस्यहरुले मतदान गर्ने निर्वाचनमा कार्यसमिति सदस्य निरक केसी, प्रवलजंग पाण्डे, गोपाल खनाल र सन्दीप अग्रवााले उम्मेदवारी दिएका थिए।

जसमा आज कार्यसमितिभित्रै निर्वाचन हुँदा केसी विजयी भएका हुन्। कुल मतदाता ७३ रहेकोमा ६८ मत खसेको थियो। त्यसमा १ मत बदर भएको हो। 

जसमा केसीले ३८ मत ल्याए। त्यस्तै प्रवलजंग पाण्डेले २९ मत ल्याए।
 

केसी अध्यक्ष ढकालनिकट व्यवसायी मानिन्छन् भने पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ निकट हुन्। पाण्डेले अञ्जनको टिमबाट एशोसिएटमा उम्मेदवारी घोषणा गरेर अन्तिममा फिर्ता लिएका थिए। 

मेगा कलेज र मेगा बैंकमा सेयर रहेका गोपाल खनाल पूर्वअध्यक्ष चण्डी ढकालनिकट रहेका छन्। सन्दीप अग्रवाल वरिष्ठ उपाध्यक्षमा पराजित रामचन्द्र संघाई नजिकका व्यवसायी मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .