वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको अर्थतन्त्रको अवस्थाबारेको तथ्यांकले रेमिट्यान्स २५.३ प्रतिशतले बढेको देखाएको हो।
यसअघि माघमा २४.३ प्रतिशतले र पुसमा २३ प्रतिशतले रेमिट्यान्स बढेको थियो।
माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो।
त्यसैगरी शोधनान्तर स्थिति १४८ अर्बले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
यो अवधिमा व्यापारघाटामा पनि सुधार भएको छ।
27
Shares
प्रतिक्रिया