ad ad

कारोबार


उद्योग वाणिज्य महासंघमा सहमति गराउने चन्द्र ढकालको प्रयास

उद्योग वाणिज्य महासंघमा सहमति गराउने चन्द्र ढकालको प्रयास

नेपालखबर
चैत २२, २०७९ बुधबार २०:१२, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचको लागि आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालले सहमतिको प्रयास गरेका छन्। वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका तीनै जनालाई राखेर ढकालले बुधबार सहमति प्रयास गरेका हुन्। 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। जस अनुसार अघिल्लो पटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाल अब अध्यक्ष बन्दै छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठ टिम नै तयार गरेर चुनावी प्रचारप्रसारमा छन्। 

तर आगामी अध्यक्ष हुँदै गरेका ढकालले सहमतिको प्रयार गरेका हुन्। चन्द्र ढकालले हिमालयन होटलमा बोलाएर सहमतिको प्रयार गरेका छन्। 

चन्द्र ढकाल यो निर्वाचनमा कसैलाई समर्थन गर्ने भन्दा पनि मिलेर अघि बढ्नुपर्ने पक्षमा उभिएका छन्। अहिलेका आकांक्षीहरुलाई आगामी वर्षमा पालैपालो नेतृत्व गर्ने गरि सहमति गर्न उनले भनेको बैठकमा सहभागी एक व्यवसायीले नेपालखबरलाई जनाकारी दिए। 

उनले भने, ‘चन्द्र दाइले मिलेर जाउँ भन्नु भो। तर प्रतिस्पर्धीहरु कोही पनि यो पटक नै छोड्न तयार देखिनु भएन।’

आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने अन्जन, उमेशलाल र रामचन्द्र को हुन्?

उमेशलाल श्रेष्ठ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठका छोरा हुन्। तर श्रेष्ठ व्यावसायिक क्षेत्रमा सक्रिय छन्। उनी वीरगन्जमा रहेको क्वेस्ट फर्मास्युटिकल्स औषधि उद्योगका सञ्चालक रहेका छन्। जुन नेपालको ठूलो औषधि उद्योगमध्ये एक हो।

रामचन्द्र संघाई त्रिवेणी ग्रुपका निर्देशक हुन्। त्रिवेणी ग्रुप नेपालको व्यावसायिक घरानामा अग्रणी मानिन्छ। यस ग्रुपको उत्पादनमूलकतर्फ सगरमाथा सिमेन्ट, विश्वकर्मा सिमेन्ट, गोरखा सिमेन्ट, मनकामना सिमेन्ट, त्रिवेणी स्पिनिङ, हिमालयन यार्न, सगरमाथा रेड मिक्स, सिद्धार्थ ग्यास, नवज्योति ग्यास, हिमाल ग्यास, त्रिवेणी फिड उद्योग, जडीबुटी प्रशोधन उद्योग, प्लास्टिक फनिचर ब्राण्ड डल्फिन, खाने तेल अमृत, सगरमाथा प्रिकास्ट, महालक्ष्मी सोल्मेन्ट, चिनी मिल, दालमिल, बबल्स साबुन, लहर साबुन, एकता साबुन, झिल्के साबुन, टोकला चियालगायतमा लगानी गरेको छ। 

ट्रेडिङतर्फ एरियल ब्राण्ड सेम्पो तथा हेयरकलरको बिक्रेता, प्रान, सनफेस्ट, न्यापकिनलगायतको बिक्रेता, पानासोनिक, सामसङ ब्राण्डका उपकरणको बिक्रेता, मसलाजन्य वस्तुको बिक्री गर्दै आएको छ। 

वित्तीय क्षेत्रतर्फ एनआईसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएमबी बैंकलगायतमा लगानी गरेको छ।

ऊर्जातर्फ सोलु हाइड्रो, रिटेल (खुद्रा व्यवसाय) तर्फ बिगमार्ट र बिग डिजिटलमा लगानी गरेको ग्रुपले शिक्षातर्फ दिल्ली पब्लिक स्कुल सञ्चालन गरिरहेको छ। 

त्यस्तै, मनोरञ्जनतर्फ बिग मुभी सञ्चालन गरेको छ भने खेलतर्फ भैरहवा ग्लाडियटर्स क्लबमा लगानी गरेको छ। 

यसबाहेक ग्रुपले कृषितर्फ तरकारी तथा फलफूलको व्यावसायिक खेती र त्यसको प्रशोधनमा समेत लगानी गरेको छ। अटोमोटिभतर्फ ट्रयाक्टरको स्पेयर्स पार्ट, इस्कुटर, रोयल इनफिल्ड मोटरसाइलकको बिक्रेता समेत छ।  

अन्जन श्रेष्ठ लक्ष्मी ग्रुपका निर्देशक हुन्। 

लक्ष्मी ग्रुपको नेपालको ठूलोमध्येको एक बिजनेस घरानामा पर्छ। उत्पादनमूलक उद्योग, व्यापारिक क्षेत्रमा लगानी गरेको छ। सुजल फुड, सुजल प्लाष्टिक, सिद्धि लक्ष्मी स्टिल, सुजल डेरी छन्। 

व्यापारतर्फ जाइमा लक्ष्मी ट्रेडिङ छ। यसले चिनी, दूध पाउडर, तरल ग्लुकोज, एसिड्युलेट्स, मुद्रण मसी,  विभिन्न प्रकारका प्लास्टिक ग्रेन्युल, पाम कर्नेल तेल, पाम आयलको व्यापार गर्दै आएको छ। 

त्यस्तै अटोमोटिभ लक्ष्मी ग्रुपको महत्वपूर्ण व्यवसाय हो। उसले कोरियन कम्पनी हुन्डाई प्यासेन्जर भेहिकल्सको आधिकारिक बिक्रेताको काम पनि गरिरहेको छ। 

यसले सवारी पार्टपुर्जा, लुब्रिकेन्ट समेत बिक्री गर्छ। त्यसका साथै एसएमएल इसुजु कम्पनीको समेत नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप हो। साथमा प्रिमियम अटो ब्राण्ड बीएमडब्लु गाडीको समेत लक्ष्मी ग्रुप आधिकारिक बिक्रेता हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .