कारोबार


दातृनिकायको सहयोग समयमै खर्च नभएकोमा एडीबीको चिन्ता

अर्थमन्त्री डा. महत र एडीबी कन्ट्री डाइरेक्टरबीच भेट
दातृनिकायको सहयोग समयमै खर्च नभएकोमा एडीबीको चिन्ता

नेपालखबर
चैत २२, २०७९ बुधबार १४:८, काठमाडौँ

अर्थमन्त्री डा. प्रकाशशरण महतसँग एसियाली विकास बैंकका नेपाल निर्देशक (कन्ट्री डाइरेक्टर) आर्नाउड कुस्वाले भेट गरेका छन्।

बुधबार बिहान अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको वर्तमान अर्थतन्त्रबारे छलफल भएको थियो। 

दातृ निकायसँग चरणबद्ध छलफल चलिरहेको र त्यसको एउटा सिलसिला आजको भेटघाट भएको मन्त्री डा. महतले जानकारी दिए।

उनले भने, ‘दातृ निकायबाट प्राप्त सहयोग समयमा खर्च हुन नसकेको बारे उहाँहरुले चिन्ता व्यक्त गर्नुभएको छ। विकास निर्माण कार्यमा ढिला सुस्ती भएर ठेक्का प्रक्रियाका कामहरु अगाडि बढ्न नसकेकोमा पनि दातृ निकाय चिन्तित रहेका छन्।’ 

यदि काम छिटो हुने हो भने अझ धेरै सहयोग उपलब्ध गराउन दातृ निकाय तयार रहेको डा. महतले बताए।

विश्व बैंकका प्रतिनिधिले पनि अनुदान र सफ्ट लोन दिएर सहयोग गर्न चाहेको उनले बताए । जलविद्युत र सडक निर्माणमा सहयोग गर्ने विषयमा छलफल भएको थियो ।

मन्त्री डा. महतले भने, ‘नेपालमा देखिएको आर्थिक समस्याबारे पनि दातृ निकाय चिन्तित रहेका छन् । यो समस्या चाँडै समाधान होस् भन्ने दातृ निकाय चाहना छ।’

खर्च गर्ने क्षमतालाई वृद्धि गर्ने र अनुदान रकम वृद्धि र सफ्ट लोन लिनेबारे नेपाल सरकार सचेत रहेको अर्थमन्त्री डा. महतले बताए। मन्त्री डा. महतले हिजो विश्व बैंकको प्रतिनिधिमण्डल भेट गरेका थिए।

सबै तस्बिर : अर्थमन्त्रीको सचिवालय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .