कारोबार


अर्थमन्त्री महतलाई उद्योगी व्यवसायीले दिए ब्याजदर घटाउने सुझाव

अर्थमन्त्री महतलाई उद्योगी व्यवसायीले दिए ब्याजदर घटाउने सुझाव

नेपालखबर
चैत १९, २०७९ आइतबार १२:५४, काठमाडौँ

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपाल उद्योग वाणिज्य महासंघको टोलीले भेटवार्ता गरेको छ। 

आइतबार बिहान महासंघ अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले अर्थमन्त्री महतलाई भेटेर तत्काल ब्याजदर घटाउनुपर्ने सुझाव दिएको हो। 

भेटका क्रममा उद्योगी व्यवसायीले तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने सुझाव दिएको थियो। त्यस्तै सरकारी खर्च विशेष गरी विकास खर्च बढाउन व्यवसायीले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

नेपाल–भारत खुल्ला सीमाका कारण अवैध आयात भएका वस्तु रोकेर कडाइ गर्न व्यवसायीले अर्थमन्त्रीसँग माग गरेका थिए। 

व्यवसायीको मागमा अर्थमन्त्री महत सकारात्मक देखिएका छन्। उनले निजी क्षेत्रको मनोबल घट्न नदिई सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्। 

कर्मचारीको ब्रिफिङ लिनुअघि अर्थमन्त्री डा. महतले निजी क्षेत्रका प्रतिनिधिहरुलाई भेटेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षको साथ खोजेका छन्। सोही क्रममा महासंघको टोलीसँग अर्थमन्त्रीले भेट गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .