ad ad

कारोबार


नबिल बैंकले सार्वजनिक गर्‍यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

नबिल बैंकले सार्वजनिक गर्‍यो हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन

नेपालखबर
चैत १३, २०७९ सोमबार १३:४९, काठमाडौँ

नबिल बैंकले सन् २०२२ को हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ। 

बैंकको इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्सिङ डिभिजनअन्तर्गत भएको कर्जा तथा लगानी पोर्टफोलियोबाट उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो। 

नबिल बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) को प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नेमध्ये एक हो। 

आईपीएफ पोर्टफोलियोमा ऊर्जा, सिमेन्ट, वायुसेवा, दूरसञ्चार सेवा र अन्य व्यावसायिक क्षेत्रमा भएका विभिन्न लगानी र प्रवाह भएका कर्जा पर्छन्। 

प्रतिवेदनअनुसार सन् २०२२ मा आईपीएफको कार्बन उत्सर्जन ८० हजार ६ सय ७१.३७ टनबराबर भएको पाइएको छ। बैंकले निर्माण, वायुसेवा र इन्टिग्रेटेड टेलिकम्युनिकेसन सर्भिसमा गरेको १० करोड ४० लाख डलर कर्जा तथा लगानीमा उक्त परिमाणको उत्सर्जन देखिएको हो। यी तीनवटा क्षेत्रमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ४, ४ र २ रहेको छ। 

साथै जलविद्युत् र सौर्यऊर्जातर्फको लगानीले २ हजार १ सय ३१.८१ टन कार्बन उत्सर्जन रोक्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। जसमा बैंकले २ करोड ८० लाख डलर कर्जा तथा लगानी गरेको छ। यी दुईमा बैंकको डेटा क्वालिटी स्कोर क्रमशः ३, ३ रहेको छ। 

‘हाम्रो विविध लगानीलाई दिगो बनाउन र कार्बन घटाउन हामी सक्रिय रुपमा लागिपरेका छौँ’, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले भने। 

उनले बैंक दिगो भविष्य निर्माणमा जुटेको पनि उल्लेख गरे। यसका लागि सबै उत्तिकै सहभागी हुनुपर्नेमा उनको जोड छ। 

‘हामी लक्ष्यप्राप्ति गर्दैगर्दा पारदर्शितामा विश्वास गर्छौँ। शून्य कार्बन उत्सर्जनको दिशामा हुने प्रगतिबारे निरन्तर अपडेट गर्नेछौँ’, उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .