साताको पहिलो कारोबार दिन नै सेयरबजारमा दोहोरो अंकको गिरावट देखिएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा झरेको हो।
योसँगै आज १८६ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २६ कम्पीका सेयरधनीले कमाएका छन्। ६ वटाको भने उही मूल्यमा कारोबार भएको छ।
कुल २६० कम्पनीको आइतबार ४७ लाख ७२ हजार कित्ता सेयर बिक्री भएको हो।
दिनभरिमा ३६ हजार २८० पटकको खरिदबिक्रीमा १ अर्ब ६६ करोडको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
आज शुभम् पावरको सेयर ९.९८ प्रतिशतले बढ्दा लगानीकर्ताले ३२ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। बाँकी कम्पनीको उल्लेख्य दरले सेयर बढेको छैन। लगानीकर्ताले आज ६.५५ प्रतिशतसम्म गुमाएका छन्।
आज शिवम् सिमेन्टको सर्वाधिक ८ करोड २१ लाखको कारोबार भएको छ।
18
Shares
प्रतिक्रिया