ad ad

कारोबार


उखु किसानलाई उद्योगमन्त्रीले भने: सरकारको विरोध होइन प्रशंसा गर्नुहोस्

उखु किसानलाई उद्योगमन्त्रीले भने: सरकारको विरोध होइन प्रशंसा गर्नुहोस्

नेपालखबर
पुस १६, २०७६ बुधबार १०:३३,

उखु किसानले सरकारको विरोध नभई प्रशंसा गर्नुपर्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन्। आज किसानहरुलाई उद्योग मन्त्रालयमा बोलाएर उनले सरकारले बक्यौता उठाउने प्रयास गरेको भन्दै प्रशंसा गर्न भनेका हुन्।

आन्दोलित किसानहरुले २०७१ सालदेखिको उखुको भुक्तानी नपाएको गुनासो गरेका थिए तर अहिले सरकारले त्यसको प्रयास गरिरहेको र त्यसमा सन्तृष्टि जनाउन उनले आग्रह गरे। उनले किसानहरुको छनलफलमा भने, ‘सरकारले दिने अनुदान रकम पनि सहज ढंगले किसानसम्म पु¥याउने गरी सरकारले कार्यविधि बनाउन लागेको छ। त्यस्तै कृषि मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा उद्योगीबाट बक्यौता उठाउन सरकारले पहल थालेको बताए।

lekhraj ukhu

किसानहरुले भने सरकारले दिएको अनुदान रकम पाउन अप्ठ्यारो भएको तथा लालपुर्जालाई आधार मानेर अनुदान रकम सरकारले दिने व्यवस्था गर्दा झन्झटिलो भएको, स्थानीय तहको सिफारिसको आधारमा अनुदान वितरण गर्ने प्रावधानमा पनि स्थानीय तहले आफ्ना पक्षलाई मात्रै दिने गरेको गुनासो गरेका थिए।

त्यस विषयमा मन्त्री भट्टले किसानलाई भने, ‘अहिले काठमाडौंमा आएर आन्दोलन गर्नुभयो, अब स्थानीय तहमा पनि गएर आन्दोलन गर्नुहोस्।’ उनले स्थानीय तहमा गएर आन्दोलन गर्न सुझाव दिँदै जननिर्वाचित सबैले जनताको पक्षमा काम गर्नुपर्ने बताए।

‘नत्र त्यस्ता व्यक्ति हट्नुपर्छ’, उनले भने, ‘त्यसको लागि तपाईंहरुले नै आन्दोलन गर्नुपर्ने हुन्छ।’

किसानहरुले भने कहिलेसम्म उद्योगीबाट भुक्तानी दिलाउन सरकारले सक्छ, त्यसको तिथिमिति तोक्न आग्रह गरेका थिए। उद्योगीहरुले सधैँ मारमा पारेको भन्दै उनीहरुले गत वर्ष पनि आन्दोलन गर्दा उद्योगीले असारसम्म सरकारी अनुदानबापतको रकम र अन्य भुक्तानी कात्तिकसम्म दिने सम्मति गरेको तर नपाएको कारण काठमाडौं आउनुपरेको गुनासो गरेका थिए। आफ्नो मुख्य बाली नै उखु भएकोले यसको भुक्तानी नपाउँदा दैनिकी नै अप्ठ्यारोमा परेको किसानहरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .