ad ad

कारोबार


विराटनगर उड्न लागेको जहाजमा समस्या देखिएपछि फिर्ता

विराटनगर उड्न लागेको जहाजमा समस्या देखिएपछि फिर्ता

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १५:८, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि आज उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ।

विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त  जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।

यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन। जहाज अहिले पार्किङ–वेमै छ। 

जहाज कम्पनीका इन्जिनियरले उक्त जहाजमा भएको समस्याका विषयमा छानबिन गरी उडानका लागि योग्य भन्ने जानकारी गराएपछि मात्रै उडान अनुमति पाउने विमानस्थलले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .