जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सोमध्ये २८ प्रतिशत बोनस शेयर रहेको छ भने ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कम्पनीले ७३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा लघुवित्तको लाभांश उच्च दरले घटेको हो ।
21
Shares
प्रतिक्रिया