ad ad

कारोबार


हालै आईपीओ बाँडफाँट गरेको सुपरमाई हाइड्रोले कति पाउला ओपनिङ रेन्ज?

हालै आईपीओ बाँडफाँट गरेको सुपरमाई हाइड्रोले कति पाउला ओपनिङ रेन्ज?

नेपालखबर
फागुन ७, २०७९ आइतबार १८:३१, काठमाडौँ

फागुन ६ गते सुपरमाई हाइड्रोपावरले प्राथमिक निष्कासन (आईपीओ) बाँडफाँट गर्याे। 

धितोपत्र बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ बाँडफाँट हुँदा ४ लाख १५ हजार सर्वसाधारण लगानीकर्ताले १० कित्ताको सेयर पाए । 

अब उक्त सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुनेछ । सूचीकृत भएपश्चात कारोबार सुरु हुन्छ । 

कारोबारको लागि नेप्सेले प्रति सेयर न्यूनतम १३० रूपैयाँ ७६ पैसादेखि अधिकतम ३ सय ९२ रुपैयाँ २८ पैसा ओपनिङ रेन्ज तोक्नेछ । 

नेप्सले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ रेञ्ज तोक्दछ । २०७८÷९७९ मा कम्पनीको नेटवर्थ १३०.३७ रुपैयाँ छ । नेप्सले कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ मूल्य निर्धारण गर्छ । तसर्थ कम्पनीको सुरुवाती कारोबार मूल्य न्यूनतम १३०.६७ रुपैयाँ देखि ३ सय ९२ रुपैयाँ २८ पैसा हुनेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .