कारोबार


व्यवसायीले २ करोडसम्मको कर्जा असारसम्म पुन:संरचना गर्न पाउने (पूर्णपाठ)

व्यवसायीले २ करोडसम्मको कर्जा असारसम्म पुन:संरचना गर्न पाउने (पूर्णपाठ)

नेपालखबर
माघ २७, २०७९ शुक्रबार १०:५९, काठमाडौँ

व्यवसायीले २ करोडसम्मको कर्जालाई आगामी असारसम्म पुन:संरचना गर्न सकिने भएको छ। 

राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत ०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई २०८० असार मसान्तभित्र पुन:संरचना गर्न पाइने व्यवस्था गर्ने भएको हो। 

व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी पुन:संरचना तथा पुन:तालिकीकरण गर्न पाउने व्यवस्था गरिएको छ। 

‘साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग– व्यवसायको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ,’ मौद्रिक समीक्षामा उल्लेख गरिएको छ।

यस्तो छ पूर्णपाठ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad