ad ad

कारोबार


लगानीकर्ताको संरक्षणको लागि साहसिक कदम चाल्छौँ : बोर्ड अध्यक्ष हमाल

लगानीकर्ताको संरक्षणको लागि साहसिक कदम चाल्छौँ : बोर्ड अध्यक्ष हमाल

नेपालखबर
माघ २३, २०७९ सोमबार १६:५०, काठमाडौँ

नेपाल धितोपत्र बोर्डका अध्ययक्ष रमेश हमालले लगानीकर्ताको संरक्षणको लागि सदैव साहसिक कदम लिएर अघि बढ्ने बताएका छन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै बोर्ड अध्यक्ष हमालले लगानीकर्ताको संरक्षणको लागि सदैव साहसिक कदम चालेर अघि बढ्ने बताएका हुन् । 

हालै बोर्डले ३ ब्रोकर कम्पनी, केयर रेटिङ र सञ्चालक कारबाही गरेको थियो । 

बजारको लागि काम गर्दा लगानीकर्ता खुसी भए पनि केही व्यक्ति दुःखी भएको हमालको भनाइ छ ।  

‘इतिहासमा पहिलो पटक रेटिङ कम्पनीलाई कारबाही गरेका छौँ’, उनले भने, ‘हाम्रो कामलाई देखेर लगानीकर्ता खुसी हुनुहुन्छ तर, केही व्यक्ति दुःखी छन् ।’

साथै लगानीकर्ताको हित हुने काम गर्दा आफुहरु कसैसँग नडराउने हमालले भनाइ छ । 

पछिल्लो समय केही सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गर्ने समाचार प्रकाशन गरेकोमा हमालले गम्भीर ध्यानाकर्षण गरे। यसका बाबजुद आफूहरु लगानीकर्ताको हित हुने काम गर्दा कसैसँग नडराउने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .