आर्थिक वर्षको पुस मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन्।
बीमा प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बीमा कम्पनीले २० अर्ब ८ करोड २५ लाख ५५ हजार रुपैयाँको व्यवसाय गरेका छन्।
गत यसै अवधिमा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ व्यवसाय गरेका थिए । पुस (एक महिना)मा निर्जीवन बिमा कम्पनीले ४ अर्ब १० करोडको व्यवसाय गरेका छन्।
यस अवधिमा आधा दर्जन बिमा कम्पनीको व्यवसाय घटेको छ ।
पुस मसान्तसम्म नेपाल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स, प्रिमियम इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र प्रुडेन्सियल इनस्योरेन्स कम्पनीको बीमा व्यवसाय घटेको छ।
यस अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमा व्यवसाय गर्न सफल भएको छ।
कम्पनीले २ अर्ब ६५ करोड २३ लाख ४८ हजार रुपैयाँ व्यवसाय गरेको छ । गत वर्षको सोही अवधिमा भने कम्पनीले २ अर्ब ४३ करोड ८१ लाख ३६ हजार रुपैयाँको व्यवसाय गरेको थियो ।
त्यसैगरी नेको इन्स्योरेन्सले भने १ अर्ब ५४ करोड ५८ लाख ४८ हजार रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ४९ करोड ८० लाख ७० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ४९ करोड ४० लाख ७५ हजार रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ५९ करोड ३१ लाख ३५ हजार रुपैयाँको व्यवसाय गरेको छ।
राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४० करोड ७७ लाख ६६ हजार रुपैयाँ, सानिमा जिआईसीले १ अर्ब १ करोड, हिमालयन एभरेष्टले १ अर्ब ५० करोड, अजोडले ९० करोड, सिद्धार्थले १ अर्ब ३४ करोड, एनएलजीले १ अर्ब २० करोड, लम्बिनीले ९७ करोडको व्यवसाय गरेको छ ।
साथै, आइएमई जनरलले ९० करोड, प्रभुले ८२ करोड, प्रिमियले १ अर्ब ७ करोड, नेपाल इन्स्योरेन्सले ७९ करोड र दि–ओरिएण्टलले ७० करोडको व्यवसाय गरेको छ ।
प्रतिक्रिया