कालिञ्चोक दर्शनको आईपीओ बिहीबार बाँडफाँट गरिने भएको छ।
कम्पनीको आईपीओ माघ १९ गते बिहीबार बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको केन्द्रीय कार्यलय नारायणचौर नक्सालमा बाँडफाँट हुने भएको हो ।
कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको थियो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई र २ प्रतिशत अर्थात् २१ हजार ६ सय कित्ता कर्मचारीहरुलाई छुट्याइएको छ । सर्वसाधारण लगानीकर्तालाई ८ लाख ९६ हजार ४ सय कित्ता सेयर छुट्याइएको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, सामूहिक लगानी कोषहरुका लागि र कर्मचारीहरुका लागि छुट्याइएको सेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीको आईपीओमा १४ लाख ३२ हजार ८८१ ज्ना आवेदकले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको आवेदन दिएका छन् । कम्पनीको आईपीओमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीको मागभन्दा धेरै आवेदन परेको हुनाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताको दरले बाँडफाँट गर्दा ८९ हजार ६४० जना लगानीकर्ताले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया