कारोबार


नयाँ हुन्डाइ भेन्यू नेपाली बजारमा सार्वजनिक

नयाँ हुन्डाइ भेन्यू नेपाली बजारमा सार्वजनिक

नेपालखबर
माघ ९, २०७९ सोमबार २०:२६, काठमाडौँ

नेपालका लागि हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले ‘न्यू स्टाइल, न्यू स्टेटमेन्ट’ नाराका साथ नेपाली बजारमा नयाँ हुन्डाइ भेन्यू सार्वजनिक गरेको छ।

आफ्नो पहिलेको हुन्डाइ भेन्यूको मोडल मार्फत ग्राहकको ध्यान तान्न सफल रहेको हुण्डाई भेन्यूको नयाँ र परिष्कृत मोडलले कम्प्याक्ट एसयूभीको प्रतिस्पर्धी बजारमा नयाँ आयाम स्थापित गर्ने कम्पनीले विश्वास लिएको छ। 

नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ।  

समयसापेक्ष प्रस्तुति र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको हुण्डाई भेन्यूले सबैको मन जित्नेमा कम्पनी विश्वस्त रहेको छ।
यो सेगमेन्टमै पहिलो पटक गाडीको पछिल्लो भागमा विस्तारित ‘कनेक्टिङ एलईडी टेल ल्याम्प’ ले नयाँ भेन्यूलाई विशिष्ट स्वरूप दिएको छ। त्यस्तै हुण्डाई भेन्यूको अघिल्लो भागमा रहेको ‘पारामेट्रिक फ्रन्ट डार्क क्रोम ग्रिल’ नयाँ बम्पर र ‘स्किड प्लेट’ डिजाइनले यो गाडीलाई आधुनिक तथा स्पोर्टी लुक दिएको छ।

यसमा रहेको ‘डायमन्ड कट एल्लो ह्विल्स, एलईडी प्रोजेक्टर ल्यम्प, पडल ल्याम्प, सार्क फि एन्टेना रुफ रेल’ले नयाँ हुण्डाई भेन्यूको बाहिरी भागलाई समय सान्दर्भिक बनाएको कम्पनीको भनाइ छ।  

‘ई’, ‘एस’ र ‘एसएक्स’ गरी तीनवटा भेरीयन्टमा उपलब्ध रहेको नयाँ हुन्डाइ भेन्यूको प्रारम्भिक मूल्य रु.३९.९६ लाख कायम गरिएको छ। नेपाल सरकारले आयात प्रतिबन्ध खुकुलो पारेपछि नेपाली बजारमा लन्च भएको पहिलो गाडीहरू मध्ये एक रहेको हुन्डाई भेन्यूले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीको छ।      

कम्पनीका अनुसार हुन्डाई भेन्यूमा उत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिस पाइन्छ। कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad