ad ad

कारोबार


एनएचपीसीले बुझायो पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन

एनएचपीसीले बुझायो पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन

नेपालखबर
माघ ५, २०७९ बिहिबार १८:४३, काठमाडौँ

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले लगानीसँग गत अगस्टमा हस्ताक्षर गरेको एमओयूअनुसार तोकिएबमोजिम ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रारम्भिक प्रतिवेदन पेस गरेको छ।

आज लगानी बोर्डका सीईओ सुशील भट्टलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हो।  यो प्रतिवेदन पेश गरेपछि एनएचपीसीले आगामी २१ महिनामा विस्तृत परियोजना प्रतिवेदन पेश गर्नेछ।  

भारतीय कम्पनी एनएचपीसी लिमिटेडले पश्चिम सेती जलविद्युत् परियोजनाको सर्वे लाइसेन्सका लागि लगानी बोर्डमा निवेदन बुझाइसकेको छ।

गत भदौ २ गते लगानी बोर्ड र एनएचपीसीबीच ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगाट क्षमताको सेती नदी ६ परियोजना अघि बढाउने सम्झौता भएको थियो। 

ती दुवै आयोजना वर्षौँदेखि अलपत्र रहँदै आएका छन्। बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष एके सिंहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। 

सोसँगै कम्पनीले सर्वे लाइसेन्सका लागि आवेदन हालेको हो। 

प्रस्तावित ७५० मेवा जडित क्षमताको जलाशययुक्त पश्चिम सेतीको लागत १ अर्ब ३२ करोड अमेरिकी डलर अनुमान गरिएको छ। त्यस्तै ४५० मेवा क्षमताको सेती नदी ६ को अनुमानित लागत ८० करोड डलर छ। 

यो आयोजना डोटी, डडेल्धुरा, बैतडी र बझाङ हुँदै बग्ने पश्चिम सेती नदीमा निर्माण हुने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .