कारोबार


भिभो वाई२२ सिरिज : उत्कृष्ट क्यामेरायुक्त फोनका यस्ता फिचर

भिभो वाई२२ सिरिज : उत्कृष्ट क्यामेरायुक्त फोनका यस्ता फिचर

नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:२४, काठमाडौँ

संसार द्रुत गतिमा विकसित भइरहेको छ, लगभग हरेक प्रकारको व्यापार वा सञ्चार स्मार्टफोनमार्फत सञ्चालन हुने गर्दछन्। 

हामी किनमेल गर्नदेखि सामाजिक सञ्जाल चलाउन, मनोरञ्जनका लागि तथा नयाँ स्थानहरू खोज्न समेत स्मार्टफोनको प्रयोग गर्छौँ। 

यद्यपि स्मार्टफोन प्रयोगको चेकलिस्ट बनाउँदा छोटो भए पनि यसप्रति हाम्रो निर्भरता धेरै छन्। त्यसैले हामी कम मुल्यमा उच्च गुणस्तरिय स्मार्टफोन मन पराउँछौँ। 

ग्राहकहरुको यही आवश्यकता एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड, भिभोले पूरा गर्दै आइरहेको छ। 

भिभोले केही समयअघि आफ्नो युवा केन्द्रित वाई सिरिज पोर्टफोलियोमा दुई नयाँ स्मार्टफोनहरू –वाई २२ र वाई २२एस सार्वजनिक गरेको थियो। 

भिभो वाई सिरिजका स्मार्टफोनहरु सुलभ मूल्यमा प्रिमियम क्यामेरा सुविधाहरू, शक्तिशाली कार्यसम्पादन तथा अन्य आकर्षक विशेषताका लागि परिचित छन्। तपाईंका लागि यो कसरी अर्को उत्तम स्मार्टफोन हुन सक्छ आउँनुहोस् हेरौं।

१. तपाईको स्टाइलसँग मेल खाने फोन
वाई २२ र वाई २२एस दुई उत्कृष्ट र आकर्षक कलर भेरियन्टमा आउँछन्। यसको स्टारलिट ब्लू कलर भेरियन्टले ब्रम्हाण्डको चम्किलो ताराहरुको आभास गराउँदछ। यो फिंगरप्रिन्ट प्रतिरोधी हुनका साथै हातमा बोक्न पनि सहज र आरामदायक छ। 

त्यस्तै वाई२२ को मेटाभर्स ग्रीन र वाई२२एस को समर क्यान कलर भेरियन्ट मेटाभर्सबाट प्रेरित भएर उन्नत टेक्स्चरिंग प्रविधिहरू मार्फत बनाइएको छ।

२. आकर्षक डिजाइन
वाई२२ र वाई२२एस को डिजाइन सरल, सुरुचिपूर्ण भएपनि निकै आकर्षक छ। यो उपकरणको करनरहरु स्मुद छ भने यसमा समतल फ्रेम, र २.५डी वक्रता छ। यसमा पछाडि दुईवटा ठूला क्यामेराहरू छन् जसले परिष्कृत र सुन्दर तस्वीरहरु खिच्छ। 

यसमा एन्टी–ग्लेयर (एजी) फ्रोस्टेड सतह छ जसले स्क्र्याच र फिंगरप्रिन्ट प्रतिरोधी बनाउँदै मजबुद अनुभूति दिन्छ। यसमा साइड फिंगरप्रिन्ट स्क्यानर र फेस वेक प्रकार्य जस्ता नयाँ सुविधाहरू पनि समावेश छन्। साइड फिंगरप्रिन्ट डिजाइनले स्मार्टफोनहरूलाई पावर बटन र फिंगरप्रिन्ट स्क्यानरको संयोजन गरेर थप सौन्दर्यपूर्ण रूप दिन्छ। 

वाई२२ सिरिजको ६.५५ इन्चको एचडी कलर–रिच स्क्रिनले प्रयोगकर्ताहरूलाई एकदम स्पष्ट र गुणस्तरिय जीवन्त दृश्य प्रदान गर्दछ। साथै आँखाको सुरक्षाका लागि आई प्रोटेक्सन मोड पनि छ। 

३. लामो समयसम्म टिक्ने ब्याट्री
उत्कृष्ट गुणस्तरको क्यामेरा र पर्फमेन्सका लागि ब्याट्रीको पनि उत्तिकै अहम भूमिका हुन्छ। भिभो वाई२२ सिरिजमा ५००० एमएएच ब्याट्री र १८ वाट्टको टाईप सी चार्जर छ। यी स्मार्टफोनहरू गेमहरू खेल्न र अनलाइन चलचित्रहरू स्ट्रिम गर्नका लागि पनि उत्तम छन्। 

वाई २२ मा शक्तिशाली मिडिया टेक हेलियो जी८५ प्रोसेसर छ भने वाई२२ एसमा स्न्यापड्रेगन ६८० प्रोसेसर छ। वाई२२ एसमा अल्ट्रा गेम मोडको साथमा मल्टि–टर्बो ५.५ सहितको एआई पावर सेभिङ टेक्नोलोजीसँग जोडिएको छ जसको चार्ज स्ट्यान्डबाइ अवस्थामा दुई दिनभन्दा बढि टिक्छ।

४. उच्च गुणस्तरमा आफ्नो मनपर्ने क्षणहरू कैद गर्नुहोस्
दुबै मोडेलमा ५० एमपी रियर क्यामेरा छ जसले ग्राहकहरूको समग्र फोटोग्राफी र भिडियोग्राफी अनुभवहरू बढाउँछ। चाहे तपाइँको मनपर्ने डिनर कार्यक्रम होस्, वा एक प्रोफेशनल हेडशट, वाई २२ सिरिजको क्यामेराले जुन कुनै परिस्थितिहरूमा पनि कहिले निराश गर्दैन। 

यसको भिडियो फेस ब्यूटी मोडले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी वा भिडियो खिच्न मद्दत गर्दछ। पछाडिको क्यामेरामा, सुपर नाइट मोडले बहु–फ्रेम डि–नोइजिङको प्रयोग गर्दछ जसले प्रयोगकर्ताहरूलाई कम उज्यालो अवस्थामा पनि रातको सुन्दर दृश्यहरू खिच्न अनुमति दिन्छ। अर्कोतर्फ, मल्टि स्टाइल पोर्ट«ेटले व्यक्तिगत पोर्ट«ेट खोज्ने प्रयोगकर्ताहरूको लागि विभिन्न पोर्ट«ेट सुविधाहरु प्रदान गर्दछ। 

फोनमा ८एमपी एचडी फ्रन्ट क्यामेरा छ, जसले तपाईंलाई उज्यालो, स्पष्ट सेल्फीहरू लिन सक्षम बनाउँछ। सुपर नाइट सेल्फी मोडले कम उज्यालो अवस्थामा शीर्ष ग्रेड सेल्फी पोर्ट्रेटहरू खिच्न मद्दत गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad