एनएमबी बैंकले २७औँ वार्षिक साधारणसभा आयोजना गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र सेयरधनीहरुको उपस्थितिमा सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा सम्पन्न भएको हो।
एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको सभापतित्वमा सम्पन्न साधारणसभाले प्रस्तावित लाभांश पारित गरेको बैंकले जनाएको छ।
उक्त वार्षिक साधारणसभाद्वारा आ.व. २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको हो।
बैंकको गत असारसम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप १८६.४० अर्ब र कर्जा १८२.०९ अर्ब रहेको छ ।
बैंकले हाल देशभर २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
33
Shares
प्रतिक्रिया