ad ad

कारोबार


प्रधानमन्त्रीले भने : अर्थतन्त्रमा नतिजामुखी काम गर्नुछ, अब वित्तीय गतिविधि बढ्छ

प्रधानमन्त्रीले भने : अर्थतन्त्रमा नतिजामुखी काम गर्नुछ, अब वित्तीय गतिविधि बढ्छ

दुई बैंकको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस २५, २०७९ सोमबार ११:२१, काठमाडौँ


प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बैंकहरुको अब देशमा वित्तीय गतिविधि बढ्ने बताएका छन्। 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रम सोमबार सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो भनेका हुन्। 

'अर्थततन्त्रमा नतिजामुखी काम गर्नुपर्ने भएको छ। पहिलो मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र सुधार्ने गरी केही निर्णय गरेको छ। अझै हामीले अर्थतन्त्रलाई गतिशील बनाउनु छ', उनले भने, 'अर्थतन्त्रको समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य बढाउने योजनामा सरकार छ। निजी क्षेत्रका चासो र मागहरु सम्बोधन गर्न सकिन्छ कि भनेर कोसिस गरिएको छ।'

उनले अर्थतन्त्रका विद्यमान समस्य समाधान गर्न सरकारले काम थालेपछि केही सकारात्मक नतिजा आएको बताए। 'सरकार परिवर्तनले पुँजी बजारमा पनि सकारात्मक अपेक्षा देखिएको छ', उनले भने, 'समृद्धि अभियानमा बाधक नीति  र कानुन पनि हामी फेर्छौँ। अब वित्तीय गतिविधि पनि बढ्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .