ad ad

कारोबार


भन्सार महानिर्देशकसँग अटो व्यवसायीको भेट, सवारीसाधनको भन्सार जाँचपासबारे छलफल

भन्सार महानिर्देशकसँग अटो व्यवसायीको भेट, सवारीसाधनको भन्सार जाँचपासबारे छलफल

नेपालखबर
पुस २०, २०७९ बुधबार १८:५, काठमाडौँ

अटो व्यवसायीहरुले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासाग भेटेर भन्सार जाँचपासबारे छलफल गरेका छन्। 

नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा बुधबार गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग भेट गरी नेपालको भन्सार नाकाहरुमा जम्मा भएका सवारी साधनहरुको भन्सार जाँच पासका सम्बन्धमा विस्तृत छलफल गरेको हो। 

उक्त छलफलमा राजनबाबु श्रेष्ठले सरकारले विभिन्न चरणमा ल्याएका नीतिहरुको कारण अटोमोवाइल व्यवसायीहरु धरासायी हुने अवस्थामा पुगेको बताउँदै बैंक लगायतका वित्तीय निकायहरुले लगाएको उच्च ब्याज दर, अटो लोन हायर पर्चेज कर्जामा जोखिम भार १५० प्रतिशतमा पु¥याइएको, बैंकहरुबाट निजी सवारीसाधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रक्रियामा लोन टु भ्यालु रेसियोको सीमा ५० प्रतिशत पु¥याइएको आदि विभिन्न कारणले बजारमा सवारी साधनहरु बिक्री हुन नसकेकोले सवारी साधन पैठारीकर्ताहरुले भन्सारमा आइपुगेका सवारी साधनहरुको भन्सार जाँच पास गर्न नसकेको बताए। सो छलफलमा श्रेष्ठले व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको बिक्री समेत दुई तिहाईले घटेको जानकारी दिए। 

सो छलफलका क्रममा नाडाका पुर्व अध्यक्ष सुनिल खेतानले भन्सार जाँच पासका लागि विभागले तोकेको सवै कागजातहरु पेश गर्दा पनि भन्सार जाँच पासमा कठीनाई उत्पन्न भइरहेको गुनासो गरे। सोही क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले कोभिडको समयमा नियन्त्रणमा आएको अनधिकृत आयात अहिले निकै बढन थालेकोले यसको नियन्त्रणका लागि विभागले आवश्यक पहल गर्नुपर्ने भन्दै कम्प्युटर बिलिङ्गलाई अनिवार्य गर्नुपर्ने धारणा राखे।

यसै क्रममा ट ह्विलर समितिका सभापति अभिक ज्योतिले सोही उच्च व्याज दरका कारण मोटरसाइकलको आयातमा ५० प्रतिशतले कमी आएको जानकारी दिए। 

त्यसैगरी राजस्व समितिका सभापति आकाश गोल्छाले नेपालमा सवारी साधनको एसेम्बल प्लान्ट खोल्न फिजिबिलिटी नभएका सवारी साधन पैठारीकर्ताहरुले सवारी साधनको एसेम्बल प्लाण्ट खोल्न फिजिबिलिटी भएका कम्पनीहरुसंग मिलेर आफनो ब्राण्डको एसेम्बल गर्न सकिने व्यवस्थाका लागि आवश्यक पहल गरि दिन आग्रह गरे।
उक्त छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजस्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीहरुको मागलाई यथासम्भव सम्बोधन गर्ने बताए। 

सोही क्रममा महानिर्देशक बुढाले नेपालका भन्सार नाकाहरुमा आइसकेका सवारी साधनहरुको यथासंम्भव भन्सार जाँच पासका लागि आग्रह गर्दे नेपालका भन्सार नाकाहरुमा कुन कुन ब्राण्डका के कति सवारी साधनहरु छन् त्यसको तथ्याङ्क उपलब्ध गराई दिन समेत अनुरोध गरे।

उक्त छलफलमा भन्सार विभागका उपमहानिर्देशकद्धय डिलाराम पन्थी, यज्ञराज कोइराला, सुचना अधिकारी पुण्य विक्रम खड्का, निर्देशकद्धय रामप्रसाद रेग्मी, रामप्रसाद मैनाली र कृष्ण बस्नेत समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य बरदान बस्नेत समेतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .