कारोबार


खल्तीबाट आईएमई  लाइफको प्रिमियम भुक्तानीमा १ हजार रुपैयाँसम्म फिर्ता

खल्तीबाट आईएमई  लाइफको प्रिमियम भुक्तानीमा १ हजार रुपैयाँसम्म फिर्ता

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १६:२०, काठमाडौँ

 'खल्ती' ले आई एम इ लाईफ इन्स्योरेन्सको प्रयोगकर्ताको लागि बीमा प्रिमियम 'खल्ती' बाट भुक्तानी गर्ने अफर उपलब्ध गराएको छ। 

अफर अन्तर्गत  प्रयोगकर्ताहरुले प्रिमियम भुक्तानीमा रू. १००० सम्मको क्यासब्याक प्राप्त गर्नेछन्।     

यो सुविधा मार्फत आई एम इ लाइफ इन्स्योरेन्सको प्रयोगकर्ताले नेपालभरि जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्नेछन्। 

आईएमई लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गर्ने, ‘आई एम इ लाईफ इन्स्योरेन्स’ छनौट गर्ने र मागिएको विवरण भरी भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ। 

प्रयोगकर्ताले भुक्तानी गरेपछि रु. १००० को बोनस तुरुन्तै पाउनेछन्। तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको ७ दिनभित्र प्रिमियम तिर्दा मात्रै बोनस प्राप्त हुनेछ । 

यसका साथै, खल्तीले अर्को ठुलो अफर छ जस अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सम्भावना रहेकोछ। आई एम इ लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंक बाट भुक्तानी गरी यो अफरमा सहभागी जनाउन सक्नेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad