ad ad

कारोबार


पशुपक्षी पाल्ने किसानलाई निर्ब्याजी ऋण!

पशुपक्षी पाल्ने किसानलाई निर्ब्याजी ऋण!

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०७९ बुधबार १२:३३, नुवाकोट

पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई निर्ब्याजी ऋण दिने भएको छ। 

यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिइरहेको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने सर्तमा निर्ब्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिए। 

उनका अनुसार पशुपक्षीपालन गर्ने किसानको व्यावसायिक योजनाका आधारमा कूल लगानीको २० प्रतिशतसम्म वा बढीमा रु १० लाख उपलब्ध गराउने गरेर ‘बीउ पुँजी परिचालन कोष’ सञ्चालनमा ल्याइएको छ। उक्त कोषमार्फत किसानले पेस गरेको व्यावसायिक योजनाका आधारमा तीन किस्तामा निर्ब्याजी रकम प्राप्त गर्न सक्नेछन्।  

‘किसानले अनुदान लिन पशुपक्षीपालनको दर्ता गरिएको तथा सञ्चालनमा रहेको फार्मले सुरुआतमा १० प्रतिशत, काम सुरु तथा विस्तारपछि ४० प्रतिशत र सम्पन्नपछि अन्तिम तथा तेस्रो किस्ताबापत ५० प्रतिशत रकम पाउनेछन्’, पाण्डेले भने, ‘किस्ता प्राप्त गरेपछि किसानले हरेक वर्ष २० प्रतिशतका दरले पाँच वर्षमा उक्त निरब्याजी रकम फिर्ता गरिसक्नुपर्नेछ।’

नुवाकोटका किसानलाई निर्ब्याजी रकम उपलब्ध गराउन ‘बीउ पुँजी परिचालन कोष’मा अहिले रु एक करोड ५० लाख छ। 

अपुग रकम बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले उपलब्ध गराउने छ। मन्त्रालयले प्रदेशभित्रका १३ जिल्लाका पशुपक्षीपालक, कृषि फार्म सञ्चालन गर्ने तथा गरिरहेका किसानलाई उपलब्ध गराउन चालु आर्थिक वर्षमा रु ५५ करोड बजेट विनियोजन गरेको छ।

अघिल्ला वर्षमा लगानी र उत्पादनमा आधारित अनुदान कटौती गर्दै चालु आवदेखि किसानलाई निर्ब्याजी ऋण उपलब्ध गराउने नयाँ कार्यक्रम मन्त्रालयले सञ्चालनमा ल्याएको हो। उक्त कार्यक्रमले परम्परागत शैलीको पशुपालन व्यवसायलाई आधुनिकीरकण, यान्त्रिकीकरण गर्दै पशुपक्षीजन्य उत्पादनको वृद्धि विविधीकरण र बजारीकरणलाई व्यवस्थित गर्न सकिने छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .