ad ad

कारोबार


४४ कम्पनीले गर्छन् अर्बमाथिको आयात, धेरै ल्याउने स्टिल र अटो क्षेत्र

४४ कम्पनीले गर्छन् अर्बमाथिको आयात, धेरै ल्याउने स्टिल र अटो क्षेत्र

वसन्त अर्याल
पुस १, २०७९ शुक्रबार ७:४०, काठमाडौँ

नेपालमा वार्षिक १ अर्बमाथिको आयात गर्नेमा ४४ वटा कम्पनी रहेका छन्। 

१९ खर्ब २० करोड रुपैयाँको आयात हुँदा ४४ कम्पनीले मात्रै १ अर्ब रुपैयाँमामाथिको आयात गरेका हुन्। 

नेपालमा ठूलो अंकमा आयात गर्नेमा स्टिल र अटो कम्पनी छन्। स्टिल उद्योगले बिलेट र स्पञ्ज आइरन आयात गर्छन् भने अटो कम्पनीले गाडी र पार्टपुर्जा ल्याउँछन्। यी कम्पनीको सबैभन्दा बढीको आयात हुने गरेको तथ्यांकले देखाएको हो।

एउटै व्यावसायिक ग्रुपले विभिन्न कम्पनी स्थापना गरी वस्तु आयात गर्दै आएका छन्।

आर्थिक वर्ष २०७८/०७९ भन्सारबाट सबैभन्दा बढी वस्तु आयात गर्ने  कम्पनी पञ्चकन्या स्टिल छ। पञ्चकन्याले १ वर्षमा ८५ अर्ब ७६ अर्ब रुपैयाँको आयात गरेको छ। 

नेपालको पुरानो स्टिल कम्पनी पञ्चकन्या स्टिल प्रालि सन् १९९५ मा स्थापना भएको थियो। आर्थिक वर्ष २०७७/०७८ मा ५ अर्ब ५३ करोड रुपैयाँ सञ्चालन आम्दानी छ। 

भैरहवामा उद्योग रहेको पञ्चकन्याले मुख्य उत्पादन टीएमटी स्टिल बार गर्दै आएको छ। कम्पनीले २०७८ पुस अन्तिममा नयाँ प्लान्ट जडान गरेको छ। कम्पनीको उत्पादन क्षमता १ लाख ५० हजार मेट्रिक टन जडान गरेको छ। कम्पनीको अध्यक्ष प्रेम बहादुर श्रेष्ठ छन् भने प्रदिप कुमार श्रेष्ठ प्रबन्धनिर्देशक छन्।  

दोस्रोमा अम्बे स्टिल छ। १ वर्षमा कम्पनीले ८ अर्ब ३२ करोड रुपैयाँको आयात गरेको छ। सन् २००९ मा स्थापना भएको कम्पनीको उत्पादन प्लान्ट भैरहवामा छ। अम्बे स्टिलमा शोभाकर (हरी) न्यौपानेको ६० प्रतिशत लगानी हुँदा रमेशकुमार अग्रवाल र सज्जन कुमार अग्रवालले २५ प्रतिशत सेयर छ भने पूर्ण बहादुर पौडेलको १५ प्रतिशत छ। 

तेस्रोमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको कम्पनी हुलास अटो क्राफ्ट छ। नवलपरासीमा दुईपांग्रे (बजाज मोटरसाइकल) उत्पादन गरिरहेको कम्पनीले ८ अर्ब २९ करोड रुपैयाँको वस्तु आयात गरेको छ। बजाजका पल्सर ब्रान्ड सबैभन्दा बढी बिक्री हुने गरेको छ। 

त्यस्तै, गोल्छा अर्गनाइजेसनकै हिम इलेक्ट्रोनिक्सले ३ अर्ब २६ करोड रुपैयाँको आयात गरेको छ। हिम इलेक्टोनिक्सले सामसङका टिभी, फ्रिज, वासिङ मेसिनलगायतको वस्तु आयात गर्दै आएको छ। 

चौथो बढी आयात गर्नेमा राजेश अग्रवाल सञ्चालक रहेको श्री स्टिल छ। 

श्री स्टीलले १ वर्षमा ६ अर्ब २७ करोड रुपैयाँबराबरको कच्चा पदार्थ आयात गरेको छ। सरकारले निर्यातमा छुट दिने घोषणासँगै केही टन स्टिल भारत निर्यात गरेको थियो। 

पाँचौँमा यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल सञ्चालक रहेको कम्पनीले १ वर्षमा ६ अर्ब २७ करोड रुपैयाँको आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। 

त्यस्तै ५ अर्ब बढीको कारोबार गर्नेमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ छ। यो कम्पनीले ५ अर्ब ४० करोड, अर्घाखाँची सिमेन्टले ५ अर्ब १३ करोड, इन्टिग्रेटेड मोबिलिटी सलुसनले ५ अर्ब १२ करोड र लक्ष्मी ग्रुपको सिद्धलक्ष्मी स्टिलले ५ अर्ब ५६ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ। 

यता आईएमएस ग्रुपअन्तर्गतको इन्टिग्रेटेड मोबिलिटी सोलुसन सामसङ मोबाइलको आधिकारिक बिक्रेता हो। 

बढी आयात गर्ने स्टिल र स्पात उद्योग
नेपालमा खपतभन्दा बढी स्टिल उद्योगको क्षमता छ। प्राइम बिलेटसँगै स्पन्ज आइरन आयात गरी कम्पनीले स्टिलजन्य उत्पादन गरिरहेको छ। 

राजेश हार्डवेयर ग्रुपको लगानी रहेको गोयल स्पातले १ वर्षमा ४ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात गरेको छ। कम्पनीको अध्यक्षमा सुमन अग्रवाल र महाप्रबन्धकमा सुशील अग्रवाल छन्। 

बढी आयात गर्ने स्टिल उद्योगमा गोयन्का स्टिलले ३ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। गोयन्का ग्रुपको लगानी रहेको कम्पनीमा राम गोपाल गोयन्काका २ छोराले व्यवसाय सञ्चालन गरिरहेका छन्। टीएमटी स्टिल उत्पादन गर्ने कम्पनीमा अमित कुमार गोयन्का र अजय गोयन्कामातहत पूरै सेयर स्वामित्व छ। 

सौरभ ग्रुपअन्तर्गतको लक्ष्मी स्टिलले २ अर्ब ६३ करोड रुपैयाँको बिलेट तथा स्पञ्ज आइरन आयात गरेको छ। कम्पनीमा विष्णु अग्रवाल र अग्रवाल परिवारको तर्फबाट मिना कुमारी अग्रवाल र नेहा कुमारी अग्रवालको सेयर छ। 

ओमपकाश अग्रवालले स्थापना गरेको सिद्धिविनायक स्टिलले वार्षिक २ अर्ब १ करोड रुपैयाँको आयात गरेको छ। त्यस्तै एसआर स्टिलले १ वर्षमा १ अर्ब ५४ करोड रुपैयाँको वस्तु आयात गरेको छ। 

अटो क्षेत्रका कुन कम्पनी कति आयात गर्छन् ?
अटो क्षेत्रका धेरै कम्पनीले ठूलो परिमाणको आयात गर्छन्। यसरी आयात गर्नेमा हुलास अटोक्राफ्ट, सिप्रदी, एमएडब्लु, होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङलगायत छन्। 

स्याकारले ४ अर्ब ७२ करोड, कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले २ अर्ब ४४ करोड रुपैयाँको आयात गरेको छ। परिसंघकै अध्यक्ष अग्रवालको एमएडब्लु अर्थ मुभर्सले २ अर्ब ४३ करोड रुपैयाँको आयात गरेको छ। एडएडब्लु अर्थ मुभर्स हेभिइक्विपमेन्ट जेसीबीको आधिकारिक बिक्रेता छ। 

महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडले गत आर्थिक वर्षमा १ अर्ब ६१ करोड रुपैयाँको आयात गरेको थियो। त्यस्तै गोल्छा ग्रुपकै हंसराज हुलास एन्ड कम्पनीले १ अर्ब १४ करोड रुपैयाँको मोटरसाइकल आयात गरेको थियो। 

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले १ अर्ब २१ करोड रुपैयाँको वस्तु आयात गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .