कारोबार


नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम

नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम

नेपालखबर
मंसिर १४, २०७९ बुधबार १७:२६, काठमाडौँ

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी  कार्यक्रम सम्पन्न गरेको छ। 

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा सम्पन्न भएको सो भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागिता रहेको  थियो।  

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसद खत्रीले  अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने र कम्पनीको व्यवसाय समेत प्रवर्द्धन गर्दै लैजाने नीतिअनुरुप  कम्पनीले यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए। 

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभूत विषयवस्तुको बारेमा पनि संक्षिप्त जानकारी दिए। 

कम्पनीका बजार व्यवस्थापन विभाग प्रमुख विवेक शर्माले सहभागी अभिकर्ताहरुलाई प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण  दिएका थिए।

कार्यक्रममा सुर्खेत शाखाबाट  उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  सम्मान गरेका थिए।   

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजापतीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले धन्यवाद ज्ञापन गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .