ad ad

कारोबार


माघ ७ सम्म परिवर्तन भयो काठमाडौं–हङकङ उडान तालिका

माघ ७ सम्म परिवर्तन भयो काठमाडौं–हङकङ उडान तालिका

नेपालखबर
मंसिर १२, २०७९ सोमबार १४:४२, काठमाडौँ

काठमाडौं–हङकङ उडान तालिका परिवर्तन भएको छ। 

नेपाल एयरलाइन्सले दुवै गन्तव्यतर्फको उडान तालिका परिवर्तन गरेको हो। 

नेपाल वायुसेवा निगमले हङकङ विमानस्थलस्थित भूमिस्थ सेवा प्रदायकको अनुरोधमा समय परिवर्तन भएको जनाएको छ।

मंसिर १५ देखि माघ ७ गतेसम्मको उडान समय परिवर्तन भएको निगमले जनाएको छ। 

निगमका अनुसार काठमाडौं–हङकङ उडान बिहान ११ बजे रहेकोमा अब ९ बजेर ४५ मिनेटमा हुने भएको छ। 

हङकङ–काठमाडौं उडान साँझ ६ः४५ रहेकोमा अब ५ः३० मा हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .