ad ad

कारोबार


सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताको विजेता घोषणा

सनसिल्क दशैँ भाइब्स २ प्रतियोगिताको विजेता घोषणा

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार ११:२६, काठमाडौँ

सनसिल्क दशैं भाइब्स २ प्रतियोगिताका विजेताहरुको घोषणा भएको छ।

बुधबार सनसिल्क दशैं भाइब्स २ को होटल र्याडिसनमा आयोजना गरिएको अन्तिम चरणको कार्यक्रममा विजेता घोषणा गरिएको हो। 

यसअनुसार सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ  र सनिषा भट्टराई  विजेता घोषित भएका छन्। प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । 

साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

सनसिल्क नेपालले महान चाड दशैं २०२१ को अवसर पारेर एक डिजिटल कन्टेस्ट सनसिल्क दशैं भाइब्स सञ्चालन गरेको थियो, जसमा प्रतियोगीहरुर्ले आफ्नो राम्रो हेयरस्टाइल र दशैं भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने थिए। 

अभियानलाई ६० मिलियनभन्दा  बढीको भ्युज प्राप्त भएको थियो भनें २८०० भन्दा बढी प्रतियोगीहरुले आ–आफ्नो सुन्दर हेयर स्टाइलका साथ दशैं भाइब्स प्रदर्शन गरेर अभियानर्ले उल्लेख्य सफलता हासिल गरेको थियो। 

प्रतियोगिताका विजेताहरुलाई सनसिल्कको सीमित दशैं प्याक संस्करणमा प्रस्तुत हुने विशेष अवसर प्रदान गरिएको थियो यस प्रकारको योजना नेपालमा पहिलो पटक सुरु गरिएको हो। यी प्याकहरुको माध्यमबाट सनसिल्क ग्याङ्ग अफ गल्र्स हजारौं नेपाली परिवारहरूसम्म पुगेका छन्।

युनिलिभर.नेपालका प्रबन्धनिर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा देशभर बिक्री हुने एवं लाखौँ ग्राहकहरुको रोजाइ बनेको सनसिल्क निःसन्देह नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो ।  

उनले गत वर्ष सन् २०२१ को दशैं पर्वको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गर्ल्सलाई प्रस्तुत गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउँदै प्रतियोगिताले आफैँमा एक अभूतपूर्व सफलता हासिल पनि गरेको बताए। 

सिजन १ मा प्राप्त सफलतालाई निरन्तरता दिँदै सेप्टेम्बर १, २०२२ मा डबल सेलिब्रेसन नाराका साथ सनसिल्क दशैं भाइब्स २ सञ्चालन गरिएको थियो । जुन प्रतियोगितामा सहभागी बन्न सहभागीहरुले उनीहरुको राम्रो हेयरस्टाइलहरुका साथ दशैं भाइब्स प्रदर्शन गरेको फोटो वा भिडियो पठाउनुपर्ने थियो। 

सहभागीहरुमध्ये ३ जना विजेतालाई रु.१/१ लाख नगद पुरस्कारका साथै प्रिन्सी र प्रिज्मासंग सनसिल्क ग्याङ्ग अफ गल्र्सको नेतृत्व गर्ने र सनसिल्कको प्याकहरुमा प्रस्तुत हुने अवसर दिइएको थियो। 

यी विजेताहरुको चयनको लागि प्रख्यात व्यक्तित्वहरु नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो। दोस्रो संस्करणको सफलतामा ३७३२ प्रविष्टिहरु प्राप्त भएका थिए, जसलाई डिजिटल प्रचारात्मक सामग्रीहरु एवं प्रत्यक्ष क्रियाकलापहरुको साथ समर्थन रहेको थियो। 

यस अभियानले टिकटकमा ६६ मिलियनभन्दा धेरै र अन्य सबै डिजिटल माध्यमहरुमा १०० मिलियन भन्दा बढी भ्युज पाउन सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .