कारोबार


टीसीएलको ‘फुटबल हंगामा’ योजना : खरिदमा १ जनालाई ६५ इन्चको टिभी!

टीसीएलको ‘फुटबल हंगामा’ योजना : खरिदमा १ जनालाई ६५ इन्चको टिभी!

नेपालखबर
मंसिर ५, २०७९ सोमबार १७:३०, काठमाडौँ

टिभी ब्राण्ड टीसीएलले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ। 

योजनाअन्तर्गत ग्राहकहरुले टीसीएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

साथै टीसीएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु खरिद गर्दा १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके टेलिभिजन पनि जित्न सक्नेछन्। 

ग्राहकहरुले आफुलाई बम्पर उपहारमा सहभागी गराउन टीसीएल टाईप गरि आफ्नो नाम र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ। यो योजना मंसिर १ गतेदेखि सीमित अवधिका लागि नेपालभर लागू हुने कम्पनीले जनाएको छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो, एक्सचेन्ज अफर र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। 

टीसीएल ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको आधिकारिक विश्वव्यापी प्रायोजक पनि हो। नेपाल अधिराज्यभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ। 

सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ। 

कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधेराधे, रविभवन, कीर्तिपुर, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .