ad ad

कारोबार


उद्यमी श्रेष्ठलाई फ्रान्सको सर्वोच्च विभूषण

उद्यमी श्रेष्ठलाई फ्रान्सको सर्वोच्च विभूषण

नेपालखबर
पुस ३, २०७६ बिहिबार १२:२५,

फ्रान्स र नेपालबीचको आर्थिक एवं सामाजिक सम्बन्धलाई सुदढ तुल्याउन उल्लेखनीय योगदान गरेवापत नेपाली उद्यमी श्याममोहन श्रेष्ठलाई ‘ल सभालिए द ला लेज्योँ’ विभूषण प्रदान गरिने भएको छ।

फ्रान्सका राष्ट्रपतिका तर्पmबाट फ्रान्सेली सरकारले प्रदान गर्ने सर्वोच्च विभूषण मानिने सो विभूषण ग्रहण गर्न नेपाल सरकारले उद्यमी श्रेष्ठलाई अनुमति दिएको छ।

मन्त्रिपरिषद्को मसिरर ३० गतेको बैठकले नेपाल–फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठलाई पाँच दशकदेखि दुई देशबीचकोे आर्थिक–व्यावसायिक एवं सामाजिक क्षेत्रमा निरन्तर गरेको योगदानको कदर गर्दै फ्रान्स सरकारले उक्त विभूषण प्रदान गर्ने निर्णय गरेको यहाँस्थित फ्रान्सेली राजदूतावासले जनाएको छ।

सन् १९७० मा २३ वर्ष नपुग्दै श्रेष्ठले बस, रेल, पानीजहाज, रिक्साबाट एक महिनाभन्दा बढी समयको यात्रामा भारत–पाकिस्तान–अफगानिस्तान–इरान–टर्की– बुल्गेरिया–रोमानिया–इटाली हुँदै फ्रान्स प्रवेश गरेका थिए।

 त्यसै बेलादेखि फ्रान्ससँग जनस्तरको सम्बन्ध कायम गरी आजपर्यन्त द्विपक्षीय सम्बन्ध प्रगाढ तुल्याउन काम गरिरहेका छन्। उनले फ्रान्स र नेपालबीचको व्यापार, उद्योग र पर्यटन प्रवद्र्धनमा पनि योगदान गर्दै आएका छन्। आगामी महिना फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा उनलाई उक्त विभूषण प्रदान गरिने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .