नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटा निर्वाचन क्षेत्रमा टिक्नै नसक्ने अवस्थामा पुगेको बताएका छन्।
झापा क्षेत्र नं. १ स्थित इँटाभट्टामा आयोजित चुनावी सभालाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
'प्रचण्ड कतै पनि एक ठाउँ टिक्नै सक्दैनन्। चितवनबाट भागेका प्रचण्डलाई गोरखामा कांग्रेसले भोट माग्दैछ। त्यहाँ त स्थानीय यु्वालाई जिताउनुपर्ने हो नि!', उनले भने, 'यहाँबाट विश्वप्रकाश शर्मा गोरखा गए भने प्रचण्डलाई नै भोट माग्लान्। युवालाई जिताऊँ भन्नेले त अब्दुस मियाँलाई सघाउनुपर्ने हो।'
उनले प्रचण्ड कास्कीको ढिकुरपोखरीमा जन्मिएर दिल्लीमा राजनीतिक गरेको आरोप लगाए।
'प्रचण्ड जन्मिए कास्कीको ढिकु्रपानीमा जन्मिए, राजनीति गरे दिल्ली र नोयडामा', उनले भने, 'अनि चुनाव लडे रोल्पामा, त्यहाँबाट भागेर काठमाडौं आए, त्यहाँबाट पनि भागेर सिरहा पुगे। त्यहाँबाट चितवन आए। अब चितवनबाट पनि भागेर अहिले गोरखा पुगेका छन्। एक पटकभन्दा दुई पटक मुख देखाइसक्नु हुन्न भागि जान्छन्।'
Shares
प्रतिक्रिया