नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेको मेगा बैंक लिमिटेडले ६४ करोड ४८ लाख रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने प्रस्ताव गरेको छ।
बैंकको मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
त्यस्तै बैंकले सेयरधनीलाई चुक्तापुँजीको ३ दशमलव ८३ प्रतिशत अर्थात् ६१ करोड ७४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।
सञ्चालक समितिले दुवै गरी कुल ७ दशमलव ८३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
लाभांश वितरणको लागि राष्ट्र बैंकले स्वीकृति दिनुपर्नेछ भने बैंकको साधारणसभाले पारित गर्नुपर्ने हुन्छ। त्यसपछि मात्र सेयरधनीले लाभांश पाउनेछन्।
36
Shares

प्रतिक्रिया