कारोबार


मुक्तिनाथ क्षेत्रमा बुद्ध मुर्ति र बुटिक रिसोर्ट, राष्ट्रपतिले गरिन् उद्घाटन

मुक्तिनाथ क्षेत्रमा बुद्ध मुर्ति र बुटिक रिसोर्ट, राष्ट्रपतिले गरिन् उद्घाटन

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार ११:५९, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङमा रहेको प्रसिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’  उद्घाटन गरेकी छिन्। 

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत लगानीमा मुक्तिनाथ क्षेत्रको विकासका लागि करोडौंको लगानीमा निर्माण भएको धार्मिक र पर्यटकीय पूर्वाधारको राष्ट्रपतिले उद्घाटन गरेका हुन्। 

लो मुस्ताङ हिमालय रिसोर्टका सञ्चालक निमा डिकी लामाले यस क्षेत्रमा धार्किक र पर्यटकहरुको वृद्धि होस्, यस ठाउँको जीवनस्तर माथि पुगोस् र स्वच्छ सफा आकर्षक नगरी बनाउन आफ्नो परिवार नै मुस्ताङमा पुर्वाधार निर्माणमा अगाडि बढेको उल्लेख गरे। 

होटल सञ्चालक लामाले कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो भए पनि स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल निर्माण गरिएको बताए।

गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा होटलका सञ्चालक लामाले मुक्तिनाथ क्षेत्रमा आउने भक्तजन पर्यटकलाई जाऊँजाऊँ मुक्तिनाथ बनाई धेरै पर्यटक भित्र्याउन सके सबैको नाम, ठाउँ फैलाउँदै जीवनस्तरमा सुधार ल्याउन सकिने बताए। स्वदेशी, विदेशी पर्यटक र विशिष्ट पाहुनाहरुलाई सुविधायुक्त होटल बनाउने उदेश्यका थालेको तयारीले सार्थकता पाएकोे लामाको भनाइ थियो। 

बुटिक अवधारणामा करिब १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ। निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ। रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५०० बोटको स्याउ फार्म पनि छ। 

शुक्रबारै राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा भगवान बिष्णुको प्रस्तर मुर्तिको शिलान्यास गरेकी छिन्। उनले भगवान विष्णुको मुर्ति निमार्णका लागि शिलान्याससँगै ३५ फिटअग्लो गौतमबुद्धको मूर्तिको अनावरण समेत गरिन्। 

कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आग्रह गरिन्। 

संघका पूर्वअध्यक्ष डा. शेष घलेले मुक्तिनाथ क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि भइरहेको विकास निकै सुस्त भएकाले पर्यटक आकर्षित गर्न पर्यपटकीय पुर्वाधार निमार्ण कार्यलाई तीव्रता दिन स्थानीय तथा सम्बन्धीत निकायले  विशेष जोड दिनुपर्ने औँल्याए। 

विष्णुको मूर्ति स्थापना र सम्बन्धित अन्य संरचना निर्माणका लागि ९ करोड रुपैयाँ लागत लाग्ने आंकलन छ। जहाँ संघका पूर्वअध्यक्ष घलेले ५० लाख रुपैयाँ सहायता गरेका हुन्। मूर्ति पाटन औद्योगिक क्षेत्रमै निर्माण भैरहेको आयोजकले जनाएको छ। 

बुद्धको मुर्ति  निर्माणमा करिव ६ करोड रुपैयाँ लगानी भएको छ। धार्मिक र पर्यटकीय पूर्वाधार थपिएसँगै मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचनाहरु बनाइएको हो। समुद्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेका बुद्ध मूर्ती र रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ।

मुक्तिनाथ भगवान विष्णुको जन्मस्थान रहेको भनाई छ। स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८०० वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए। हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन्।

परम्परागत धार्मिक संरचनाको संरक्षण र सम्बद्र्धन गर्ने गरी मुक्तिनाथ विकास गुरु योजना छ। सोही गुरु योजनाको महत्वपूर्ण संरचना बुद्ध मूर्तिको स्थापना र विष्णु भगवानको मूर्ति शिलान्याशमा आफु संलग्न हुँन पाउँदा खुसी लागको मुर्तिका परिकल्पनाकार तथा गैरआवापिसय नेपाली संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले बताए। मूर्र्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताउनु भयो। पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन्। 

सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिव ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरको बताए। मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन्। समुद्र सतहबाट करिव ३ हजार ७०० मिटरको उचाइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ। 

कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ। तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो।  अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहनु भएको थियो। काठमाण्डौको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको लामाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad