कारोबार


लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता हुने

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १७:२२, काठमाडौँ

लक्ष्मी बैंकको आयोजनामा खुल्ला गल्फ प्रतियोगिता हुने भएको छ। 

आगामी शनिबार गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुने भएको हो। 

सन् २०१४ देखि हुँदै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो। 

स्ट्याबफोर्ड फरम्याटमा प्रतियोगिता हुनेछ। जसमा सयभन्दा बढी महिला तथा पुरुष खेलाडीले भाग लिनेछन्। सिनियरतर्फ ६० र त्यसमाथि तथा जुनियरतर्फ १७ र त्यसमुनि उमेरका प्रतियोगी हुनेछन्। 

विभिन्न विधामा विजेता, रनर अप, बेस्ट ग्रस, महिला विजेता, सिनियर विजेता, सिनियर रनरअप, विनर गेस्ट क्याटेगोरी, जुनियर विनर, लंगेस्ट ड्राइभलगायतमा पुरस्कृत गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad