ad ad

कारोबार


२० हजार शब्दमा बनेको एमालेको घोषणापत्रमा यस्ता छन् ३० कार्यक्रम (सूची)

२० हजार शब्दमा बनेको एमालेको घोषणापत्रमा यस्ता छन् ३० कार्यक्रम (सूची)

नेपालखबर
कात्तिक १५, २०७९ मंगलबार १५:१, काठमाडौँ

नेकपा एमालेले २० हजार शब्दको घोषणापत्र तयार पारेको छ।

काठमाडौंको याक एण्ड यती होटेलबाट मंगलबार अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन्।

एमालेको घोषणापत्रमा ३० कार्यक्रम र २४७ प्राथमिकता समेटिएको छ। 

पाँच वर्षभित्र सम्पन्न गर्ने ४ 'स'लाई आधार मानेर घोषणा पत्र तयार पारिएको एमालेले जनाएको छ।

सुशासन विकास समृद्धि र समानताको नारामा २० वटा ग्यारेन्टी समावेश छन्।

यस्ता छन् ३० कार्यक्रम 

  • हाम्रो मूल मन्त्रः बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र
  • दिगो आर्थिक विकासः उच्च आर्थिक वृद्धिदर 
  • भूमिको वैज्ञानिक व्यवस्थापन : प्रकृति संरक्षण, आधुनिक कृषि र सम्पन्न किसान
  • कृषि भूमिमा पानीः सिँचाइमा लगानी
  • सहकारीबाट व्यवसाय प्रवर्द्धनः नागरिकको आर्थिक उन्नयन 
  • औद्योगीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण
  • पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति
  • वन र वातावरणको संरक्षणः जलवायु अनुकूलन र विपद् व्यवस्थापन
  • स्वच्छ खानेपानी जनताको हक
  • विद्युत् तथा ऊर्जा विकासबाट समृद्धि 
  • राष्ट्र निर्माणको आधारः गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार
  • हाम्रो नेपालः निरोगी नेपाल 
  • मर्यादित श्रमः सुरक्षित रोजगारी 
  • जीवनचक्रमा आधारित सामाजिक सुरक्षाः मौलिक हकको रक्षा
  • शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय
  • राष्ट्रका लागि युवाः युवाका लागि खेलकुद र स्वयंसेवा
  • महिला सहभागिता र सशक्तीकरण
  • सहरी विकास : एकीकृत बस्ती र सुरक्षित आवास
  • गतिशील अर्थतन्त्र र सेवाको आधारः यातायात पूर्वाधारको विस्तार 
  • स्रोत साधनको परिचालन, योजना कार्यान्वयन र दिगो विकास
  • जनताको कर : जनताकै लागि
  • सूचना प्रविधि र प्रेस स्वतन्त्रता  
  • सुशासनः हाम्रो उच्च प्राथमिकता
  • उपभोक्ता हितः आम जनताको हित
  • सक्षम र सुदृढ सङ्घ, अधिकार सम्पन्न प्रदेश र स्थानीय सरकार 
  • स्वच्छ, सुन्दर र आधुनिक राजधानी
  • सांस्कृतिक रूपान्तरण, सामाजिक सद्भाव र राष्ट्रिय एकता
  • सक्षम राज्य, स्वतन्त्र न्यायालय
  • सुदृढ राष्ट्रिय सुरक्षाः राष्ट्रिय हित र स्वाभिमानको रक्षा 
  • स्वतन्त्र र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .