नेकपा एकीकृत समाजवादीले काठमाडौं उपत्यकामा ३ वटा चक्रपथ बनाउने घोषणा गरेको छ।
घोषणापत्र सार्वजनिक गर्दै काठमाडौँ उपत्यकामा भित्री, बाहिरी र बृहत् गरी तीनवटा चक्रपथ निर्माण, विस्तार तथा विकास गर्न पहल गर्ने उल्लेख गरेको छ।
प्रतिबद्धतापत्रमा काठमाडौँ–तराई द्रुतमार्ग तीन वर्षभित्र निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गलाई पाँच वर्षभित्र छ लेनमा स्तरोन्नति गर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने र मदन भण्डारी राजमार्ग निर्माण आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने जनाएको छ।
कर्णाली, गण्डकी, कोशी कोरिडोर लगायत उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म फराकिला राजमार्ग निर्माण गर्न जोड दिइने उल्लेख गरेका छन्।
21
Shares

प्रतिक्रिया