ad ad

कारोबार


एभरेष्ट बैंकले मनायो २८औँ वार्षिकोत्सव

एभरेष्ट बैंकले मनायो २८औँ वार्षिकोत्सव

नेपालखबर
कात्तिक ६, २०७९ आइतबार १७:१४, काठमाडौँ

एभरेष्ट बैंकले आफ्नो २८औँ वार्षिकोत्सवको अवसर पारेर प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ।

बैंकमा डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्नु मुख्य उद्देश्य रहेको सो कार्यक्रममा बैंकका ४०० भन्दा बढी कर्मचारीहरुको उपस्थिति रहेको थियो।

शनिबार बिहान ७ः३० बजे देखि बैंकको प्रधान कार्यालय लाजिम्पाटबाट सुरु भएको सो कार्यक्रम लैनचौर–गैरिधारा–नारायणचौर नक्साल–नागपोखरी–लैनचोर हुँदै पुनः लाजिम्पाट आएर समापन भएको थियो। 

सो कार्यक्रमको उद्घाटन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकमा डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्न  तथा बैंकलाई यस वर्ष तोकिएको डिजिटल बैंकिङको विषयवस्तु पुरा गर्न जोड दिनुका साथै डिजिटल बैंकिङको प्रयोगबाट ग्राहकहरुले कुनै पनि समय र स्थानबाट बैंकिङ सेवा लिन तथा आफ्नो नियन्त्रणमा राख्न सक्ने कुरा बताए। 

सोही अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले डिजिटल बैंकिङ्गको प्रयोगबाट ग्राहकहरुले २४ घण्टा सातै दिन रकमान्तर, बिल भुक्तानी, मोबाइट टपअप, क्युआर भुक्तानी क्युआर लगायतका अन्य थुप्रै सेवा तथा सुविधा लिन सक्ने बताए।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन्।

साथै, देशैभरी छरिएर रहेको आफ्नो १२० शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १५५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .