राष्ट्रिय विज्ञापन संघ, नेपालले सरकारले आफ्ना कार्यकर्ता भर्ति गर्ने क्लिनफिड अवधारणा ल्याएको आरोप लगाएको छ।
शुक्रवार राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको जानकारी दिन काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा संघले यस्तो अरोप लगाएको हो। सम्मेलनमा बोल्दै संघका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले पार्टीका कार्यकर्ता भर्ति गर्न क्लिनफिड अवधारणा ल्याएको बताए।
उनले सरकारको तलब भत्ता र गाडी चढ्ने काम मात्रै भएको भन्दै क्लिनफिड भने अहिलेसम्म कार्यान्वयन नभएको बताए।
उनले सरकारले क्लिनफिड अवधारणा ल्याउन नहुने थियो भन्दै ल्याएपछि कार्यान्वयन गर्न सक्नुपर्ने बताए। श्रेष्ठले क्लिनफिड अवधारणा ल्याएर पनि अहिलेसम्म कार्यान्वयन नहुनुमा शंका रहेको बताए।
उनले विज्ञापनहरुलाई सही रुपमा प्रशारण र प्रकाशन गर्ने नीतिगत व्यवस्थाको लागि अब आउने सरकारसँग संघले वार्ता गर्ने पनि बताए।
देशभरका विज्ञापन एजेन्सीहरुलाई एकत्रित गर्ने उद्देश्यले धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको राष्ट्रिय विज्ञापन संघ नेपाल स्थापना भएको छ।
Shares

प्रतिक्रिया