कारोबार


बीवाइडीको नयाँ शो रुम नक्सालमा

बीवाइडीको नयाँ शो रुम नक्सालमा

नेपालखबर
असोज ३१, २०७९ सोमबार १९:४५, काठमाडौँ

बीवाइडीको एक मात्र आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा सञ्चालनमा ल्याएको छ।

कम्पनीले आज सोमबार एक कार्यक्रमको आयोजना गरी नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन बिक्री गर्दै आएको साइमेक्स इंकले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम पनि सञ्चालनमा ल्याएको हो।

नयाँ शोरुमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो। शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर हरिबंस आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरेका थिए।

त्यसैगरी बैंकर अनिल शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरिय उत्पादन बिक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेकोभन्दै साइमेक्स इंकलाई सफलताको शुभकामना दिएका थिए।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं। हामीले केही दिनअघि मात्रै पनि विक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं। त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पुरा गर्नेछ।’

साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिँदै प्रिमियम इलेक्ट्रिक कार खोज्नेको लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए।

बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम ३ हजार स्क्वायर फिटमा फैलिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad