ad ad

कारोबार


काठमाडौंमा यात्रुलाई टिकटमा ठगी गर्ने ३३ जना पक्राउ

काठमाडौंमा यात्रुलाई टिकटमा ठगी गर्ने ३३ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असोज १३, २०७९ बिहिबार ६:४९, काठमाडौँ

काठमाडौँ उपत्यकाबाट दसैँका लागि घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ परेका छन्। 

यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरी कारबाहीका लागि नजिकैका महानगरीय प्रहरी वृत्त वा प्रभाग पठाएको छ। 

यात्रुलाई चाडपर्वको मौका छोपी ठगी गर्ने व्यक्तिको निगरानी गर्न सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयका प्रमुख (प्रहरी वरिष्ठ उपरीक्षक) राजेन्द्र भट्टले जानकारी दिए। 

कार्यालयले दसैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्ष्य गरी बनाएको कार्ययोजनाअनुसार एक हजार चार सय ६८ जनशक्ति परिचालन गरिएको छ। 

खराब अवस्थाका सवारीसाधन मर्मत नगरी सञ्चालन गर्दा दुर्घटना हुने गरेकाले ट्राफिक प्रहरीले त्यो नियन्त्रणका लागि ठाउँठाउँमा ‘मेकानिकल चेकिङ’ गरिरहेको प्रवक्ता भट्टले जानकारी दिए। बुधबारसम्मको सवारीसाधन खराब अवस्थामा सञ्चालन गर्ने ९८ लाई कारबाही गरिएको छ। 

कतिपय सवारीसाधनमा हातले लाग्ने ब्रेक काम नगर्ने र कतिपयको पाङ्ग्रा खराब अवस्थामा पाइएको उनले बताए। उनले भने, ‘पाङ्ग्रा नै प्वाल पर्न लागेको अवस्थामा समेत चलाएको पाइएको छ।’

कार्यालयले यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायतको समन्वयमा उपत्यकाका १४ स्थानमा यात्रु सहायता कक्ष  स्थापना गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .