नेपाली कांग्रेसले विवादास्पद व्यवसायी खुमाप्रसाद अर्यालसहितलाई प्रतिनिधिसभातर्फ समानुपातिक सूचीमा राखेको छ।
असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्यालसहित नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडिया पनि अटेका छन्।
गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका अर्याल कांग्रेसको समानुपातिक सूचीमा परेका छन्। उनी स्वास्थ्य, शिक्षा, कृषि, हाइड्रोलगायत क्षेत्रमा व्यापार गरिरहेका छन्।
त्यस्तै समानुपातिक सूचीमा परेका वीरगन्जका व्यापारी अनिल रुंगटा उत्पादन तथा विक्रीवितरण गर्दै आएका छन्।
रोमी गौचन थकाली होटल व्यवसायी हुन्। रामचन्द्र पौडेलनिकट मानिने गौचन मुस्ताङको जिल्ला सभापति समेत हुन्।
उनी पूर्ववाणिज्यमन्त्री समेत हुन्। उनी २०७० सालका संविधानसभा सदस्य पनि हुन्।
को-को परे कांग्रेसको बन्दसूचीमा? (नामावलीसहित)
कांग्रेसले अहिले समानुपातिक सांसद रहेकालाई फेरि नराख्ने मापदण्ड बनाएसँगै चर्चित व्यवसायी बन्द सूचीमा परेका छैनन्।
हाल कांग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, जिपछिरिङ लामा र बहादुर सिंह लामालगायतका व्यापारी ठेकेदार थिए।
विनोद चौधरी नवलपरासी, उमेश श्रेष्ठ चितवन र मेडिकल व्यवसायी सुनिल शर्मा मोरङबाट प्रत्यक्षको लागि सिफारिस भएका छन्।
जिपछिरिङ लामाले अहिले निर्वाचन नलड्ने घोषणा गरिसकेका छन्।
निर्वाचन आयोगले असोज १६ गतेसम्म राजनीतिक दलले नाम सच्याउनसक्ने समय दिएको छ।
कांग्रेसले पाएको समानुपातिक मतको आधारमा बन्दसूचीबाट संसद बन्न पाउनेछन्। असोज १६ गतेपछि कांग्रेसको समानुपातिक सूचीले अन्तिम रुप पाउने छ।
Shares

प्रतिक्रिया