ad ad

कारोबार


कुमारी बैंकको डिवेन्चर बाँडफाँट

कुमारी बैंकको डिवेन्चर बाँडफाँट

नेपालखबर
असोज ७, २०७९ शुक्रबार २१:५३, काठमाडौँ

कुमारी बैंक लिमिटेडले ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को बाँडफाँट गरेको छ।

३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा शुक्रबार समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ।

बैंकले १० (दस) वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ को रु एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेकोे थियो।

उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने जनाएको थियो।

सर्वसाधारण नेपालीको लागि गत भदौ १७ गते देखि ३१ गतेसम्म निष्काशन तथा बिक्री खूल्ला गरिएको थियो। व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबर को आवेदन प्राप्त भएको थियो।

रित पूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई आज ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले विज्ञप्तिमार्फत जनाएको छ।

कुमारी बैंकले देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटीएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .