ad ad

कारोबार


सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक उत्सव

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौँ वार्षिक उत्सव

नेपालखबर
असोज ६, २०७९ बिहिबार १८:३३, काठमाडौँ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको ५ वर्ष पूरा गरी छैंटौं वर्षमा प्रवेश गरेको छ। 

सो अवसरमा कम्पनीले सामाजिक सेवा उत्तरदायित्वअनुरुप विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। 

कम्पनीले देशैभरमा रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत आयोजना गरेको बृहत् रक्तदान कार्यक्रमबाट  कुल ५०८ प्रिन्ट रगत संकलन गरेको छ। 

त्यस्तै विभिन्न अस्तपाल र फरक क्षमता भएका बालबालिकाहरुलाई फलफूल तथा न्यानो कपडा वितरण गरेको छ । 

साथै सोही अवसरमा बिद्यार्थीसँग बीमाका कुरा कार्यक्रम अन्तर्गत देशका विभिन्न २० भन्दा बढी स्कूल कलेजका १००० भन्दा बढी विद्यार्थीहरुमाझ बीमासम्बन्धी चेतना कार्यक्रम सञ्चालन गरेको छ । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .