ad ad

कारोबार


आइएमई जनरल इन्स्योरेन्स इसान चिल्ड्रन हस्पिटलबीच नगदरहीत सेवा सम्झौता

आइएमई जनरल इन्स्योरेन्स इसान चिल्ड्रन हस्पिटलबीच नगदरहीत सेवा सम्झौता

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार २०:१३, काठमाडौँ

आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र इसान चिल्ड्रन एण्ड वमेनन्स हस्पिटल प्राइभेट लिमिटेडबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी  र हस्पिटलका तर्फबाट डाइरेक्टर राम नन्दन प्रसाद चौधरीले हस्ताक्षर गरे।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमा सम्म हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ। 

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले इसान हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख  खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगदरहीत हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको बताए। 

साथै, अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .